काठमाडौं । बैशाख २३ गते
बिश्वभर नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण तिव्र रुपमा फैलिएको छ । हाल नेपालका ५६जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ । त्यसतै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ ।बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो ।अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर खाद्य सामग्री बिक्री गर्ने मात्र भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ ।

खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ ।कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भयो । यसअघि वैशाख १६ देखि २२ गते ९बुधबार राति १२ बजे० सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ ।