×

TUNGOON

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द , भारतसँग भने साताका दुई उडान हुने


काठमाडौं । बैशाख २३ गते
बिश्वभर नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण तिव्र रुपमा फैलिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ।वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार २१ गतेबाट आन्तरिक उडान बन्द गरिएकामा अन्तर्राष्ट्रिय उडान पनि राकिन लागिएको हो।

वैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै भएको थियो। अत्यावश्यकका बेला आन्तरिक तथा बाह्‍य चार्टर उडान हुने छन्।यद्यपि भारतसँग भने साताका दुई उडान हुनेछन्। भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् । त्यहाँबाट आउने यात्रुलाई भने अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला