काठमाडौं । बैशाख २३ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ३ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ३ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।तर आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १३ सय २० रहेको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आइ प्रतितोला चाँदी १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।