काठमाडौं । बैशाख २३ गते
आज दिउँसो ५ बजे प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाउँनु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बने पछि मन्त्रिपरिषद् बैठक बस्न लागेको एक मन्त्रीले बताए । विहान ११ बजे अध्यक्ष ओलीले पार्टी स्थायी कमिटीको बैठक पनि बोलाएका थिए । बैठक समाप्त भएसँगै अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगेका थिए ।