काठमाडौं । बैशाख २३ गते
आज वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंको वसुन्धरास्थित काठमाडौं न्यूरो अस्पतालमा उनको निधन भएको हो ।आज उहाँको निधन भएको संगीतकार लक्ष्मण शेषलेले जानकारी दिका छन् ।प्रधान ९ दिनअघि कोराना संक्रमित भएसँगै अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।

विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका प्रधानका ‘पर लैजाउ फूलहरु’ ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, लगायतका थुप्रै कालजयी गीत हिट छन् ।छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो।कोरोना संक्रमणका कारण उहाँको निधन भएको बताइएको छ।वरिष्ठ गायक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन्।गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन्।निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका हुन।