काठमाडौं । बैशाख २३ गते
आज पाख्रीबास नगरपालिका वडा नं. ७ मा ऐतिहासिक औधोगिक ग्रामको सिलान्यास भएको छ । औद्योगिक ग्रामको सिलान्यास कार्यक्रमको प्रमुख अतिथी तथा संघिय सांसद माननीय राजेन्द्र राईले गर्नु भएको हो । उक्त कार्यक्रमलाई पाख्रीबास नगरपालिका वडा नं.७ का वडा अध्यक्ष, धनकुटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष,तथा पाख्रीबास नगरपालिकाका मेयरले सम्बोधन गर्नुभएको थियो ।

औद्योगिक ग्राम बहुवर्षिय योजना अन्तर्गत ५४ करोडको लगानिमा बन्न लागेको हो ।संघिय सांसद राईले उद्घाटन पश्चात् सम्बोधनको क्रममा यस अघि सुर्य ब. थापा यसै ठाउँबाट निर्वाचित भएर धेरै पटक प्रधानमन्त्री भैसकेको, उनैका पुत्र सुनिल ब . थापा पनि २ पटक मन्त्री भैसकेको तर जनताको जिवनस्थरको उन्नत्तिका लागि केही पनि भुमिका निर्वाह नगरेको आरोप लगाउनुभयो ।

उहाँले काङ्ग्रेसले बिकासको विरोध गर्दै जनतामा भ्रम फैलाउने काम गरेको समेत बताउनु भयो ।सम्बोधनकै क्रममा राईले आफुहरु जनतालाई सिरमा राखेर काम गर्ने र बिकासको काममा बिरोध गर्नेलाई पन्छाउँदै अगाडि बढ्ने चेतावनी दिनुभयो ।

पाख्रीबास नगरपालिकाका मेयर वृश ब. राईले औद्योगिक ग्रामले रोजगारी श्रीजना गर्ने र विदेश पलायन हुनुपर्ने बाध्यता रोकिने बताउनु भयो । विभिन्न योजना आफुले अघि सार्दै गर्दा केही विरोधी तत्वहरुले आफुलाई काम गर्न नदिनको लागि अदालतमा समेत मुद्धा दर्ता गर्नेहरु प्रती खेद प्रकट गर्नुभयो । औद्योगिक ग्रामको सिलान्यास सिमित व्यतिहरुको उपस्तिथिमा सामाजिक दुरी कायम गरि सम्पन्न गरिएको थियो ।