काठमाडौं । बैशाख २४ गते राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले दावी गर्नु भएको छ । आज बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का भइसकेको बताउनु भएको हो । उहाँले आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेद्दवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने बताउनु एको छ ।