काठमाडौं । बैशाख २४ गते

आज बिहान  गुल्मीमा चट्याङ्ग  लागेर  एक  जनाको  मृत्यु  भएको  छ  भने  ८ जना घाइते  भएका  छन्  ।

मुसिकोट  नगरपालिका  ४  दजाकोटकी  १८  वर्षीय  करिश्मा गाहको  जिल्ला अस्पताल तम्घासमा बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको  प्रहरीले  जनाएको  छ।  उनीसहित  एकै  परिवारका  ७ जना घाइते  भएका  छन्  ।अर्को  एक  परिवारका  दुई जना  सामान्य  घाइते  भएका  छन् । जिल्ला  प्रहरी  प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद  पाण्डेले  घाइते  ९  जनामध्ये   एक  जनाको  मृत्यु  भएको र अन्यको  अवस्था  सामन्य  रहेको बताउनु भएको छ ।  घाइते  ४  जनालाई  पाल्पा  रिफर  गर्न  लागिएको  छ ।