काठमाडौं । बैशाख २४ गते
एकताबद्ध एमालेका लागि वार्ता र लचकता अपनाउने नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले उल्लेख गर्नुभएको छ ।आज स माजिक संञ्जाल मार्फत आफ्नो धारणा राख्दै गर्दै नेता नेपालले अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पार्दै आफूहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको उल्लेख गर्नुभएको हो । नेता नेपालले आफुहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताउनु भएको छ ।

यसका लागि वार्ता र लचकता दुवै अपनाउने तर अहिले सम्म कुनै सहमति भने नभएको जिकिर गर्नु भएको छ । उहाँले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटम लाइन भएको बताउँदै यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्नु एको छ ।