×

TUNGOON

गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न माधवकुमार नेपालको आह्वान


काठमाडौं । बैशाख २५ गते
बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालले चेतावनी दिनु भएको छ । आज सामाजिक सन्ञाल मार्फत ओलीको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा सहभागी नहुने बताइसकेका छन् ।

 

सभामुख अग्नि सापकोटा पनि नजाने भनिरहेका छन् । अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने नेपालको अडान छ ।उहाँले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने पनि औंल्याउनु भएको छ । उहाँले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको उल्लेख गर्नु भएको छ । नेता नेपालले मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने बताउँदै गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला