काठमाडौं । बैशाख २५ गते
आज साँझ बस्ने गरी प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाउनु भएको छ । संवैधानिक परिषद्को बैठक बसी विभिन्न संवैधानिक अंगको नियुक्ति गर्ने चर्चा भइरहँदा प्रधानमन्त्रीले आज साँझ बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । तर, प्रधानमन्त्रीले बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पनि जानकारी दिनु भएको छैन ।

 

संवैधानिक नियुक्ति मात्रै विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले पछिल्लो समय राजनीतिक भेटघाट र सक्रियतालाई बढाउनु भएको छ । यही बेला आकष्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । एमालेमा माधव नेपाल पक्ष नै असन्तुष्ट बनेपछि जसपाको महन्थ ठाकृुर र राजेन्द्र महतो पक्षले मत दिए पनि विश्वासको मत पुग्न गाह्रो हुने देखिएको छ ।प्रधानमन्त्रीले आइतबार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा रिक्त रहेका पदपूर्तिका लागि संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।