काठमाडौं । बैशाख २५ गते
गृहमन्त्री रामबहादुर थापाको तुलना एमालेकै अर्का नेता खिमलाल देवकोटासँग हुनै नसक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाई रहेको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनु भएको हो । थापा र देवकोटा दुवैले वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त पदका लागि जेठ ६ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी दिएका छन् ।

 

दुवै नेता एमालेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको तथा दललाई विधि(विधानअनुरुप सञ्चालन नगरेको भन्दै खनाल(नेपाल पक्ष लगातार आन्तरिक संघर्षमा छ । यस्तोमा ओली पक्षलाई थप दबाब दिन खनाल(नेपाल पक्षले प्रतिपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्रसँग मिलेर राष्ट्रिय सभा उपनिर्वाचनमा देवकोटालाई उम्मेदवार बनाएको छ । उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।