काठमाडौं । बैशाख २६ गते
शनिबार अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भेगमा भएको बम हमलामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। स्कुलनजिक भएको हमलाबाट मृत्यु हुनेमा केही युवा विद्यार्थी पनि परेको अफगान सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

 

 

बम हमला भएको स्थानमा उद्दारका लागि पुगेको एम्बुलेन्स र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ। आक्रमणमा ५० जना घाइते भएका छन्। प्रवक्ताका अनुसार मृतकको संख्या बढ्न सक्नेछ।