काठमाडौं । बैशाख २६ गते
आज बिहान ९ बजेबा लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नजाने बताउनुभएको छ ।सापकोटा यसअघिको बैठकमा पनि सहभागी हुनुभएको थिएन ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ जारी गर्नुभएको थियो ।अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ । अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।