काठमाडौं । बैशाख २६ गते
बिश्वभर हाल कोरोना कहरको दोस्रो लहर जारी छ। त्यसको सबैभनदा बढी प्रभाव हाम्रो छिमेकी मुलुक भारतमा परेको छ । त्यहाँ गएको २४ घण्टामा कोरोना संक्रमणका कारण ४ हजार ९२ जनाको मृत्यु भएको छ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ४ लाख तीन हजार ७३८ संक्रमित थपिएका छन्।योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड २२ लाख ९६ हजार भन्दा धेरै पुगेको छ ।

 

यस्तै पछिल्लो चौबिस घण्टामा ३ लाख ८६ हजार ४४४ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ करोड ८३ लाख १७ हजार भन्दा धेरै रहेको छ।पछिल्ला दिनहरुमा भारतमा चार लाख भन्दा धेरै संक्रमित र चार हजारको हाराहारीमा एकै दिन मृत्यु भइरहेको छ।भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार ३६२ रहेको छ।हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३७ लाख ३६ हजार ६ सय ४८ रहेको छ।अहिलेसम्म १६ करोड ९४ लाख ३९ हजार भन्दा धेरै भारतीयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।