×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा सामान्य बृद्धि ,चाँदीको मूल्यमा गिरावट


काठमाडौं । बैशाख २६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको छ ।

सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।यता, चाँदीको भाउ भने सामान्य घटेको छ । यसअघि प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला