काठमाडौं । बैशाख २६ गते
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा तीनवटा सन्देश छाडेर बाहिरिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले बताउँनु भएको छ । आज बिहान देउवा निवास बूढानीलकण्ठमा भएको डेढ घण्टा लामो वार्तामा अध्यक्ष ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन जसपाले कुनै पनि निर्णय नगरेको जानकारी दिनु भएको छ । दुवै नेताले प्रमुख प्रतिपक्षी दललाई अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिएर जानु उचित हुने बताउनु भएको छ । महतो र ठाकुरले जसपा अध्यक्षहरू उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईको निर्णय पार्टीको नभई व्यक्तिगत भएकाले उनीहरुको कुरामा भ्रमित नपर्न पनि देउवालाई सुझाउनु भएको छ ।

 

अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले ओलीलाई हटाएर अहिले नै वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको पनि देउवालाई बताउनु भएको । उहाँले ठाकुरले जसपा तटस्थ बसेपछि देश निर्वाचनतर्फ जाने सन्देश देउवालाई दिएको छ। पछिल्लो समय ओलीलाई घेर्ने नाममा एमालेकै माधवकुमार नेपाल समूहसहित कांग्रेस, माओवादी केन्द्र, जसपाका यादव र भट्टराई पक्षबीच छलफल भइरहेको छ। त्यही छलफलपछि सरकारविरुद्ध अविश्वास लैजाने चर्चा भए पनि कांग्रेसले हिजो दलको बैठकमा कुनै निर्णय गरेन। जसपाका दुई नेता देउवासँग डेढ घण्टा लामो छलफलपछि बूढानीलकण्ठबाट प्रधानमन्त्री ओलीसँग छलफल गर्न सिधै बालुवाटार पुगेका छन्। जसपा तटस्थ बसेको अवस्थामा संसदमा सत्ता र प्रतिपक्ष दुवैको बहुमत नपुगेर देश चुनावतिर जाने अवस्था घटनाक्रमले देखाएको छ।