काठमाडौं । बैशाख २६ गते
प्रधानमन्त्री ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष सहभागी संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको छ । संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र निर्वाचन आयोगलगायतका संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस गरिएको हो । स्रोतका अनुसार अख्तियारको रिक्त दुई आयुक्तहरुमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलिप रेग्मी र पूर्वआइजीपी सर्वेन्द्र खनाललाई नियुक्त सिफारिस गरिएको छ । यद्यपि नियुक्ति सिफारिस हुनेहरुको नाम अझै खुलाइएको छैन् ।

 

यस्तै लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिको सिफारिश गरिएको छ । सदस्यहरु पनि नियुक्तिको सिफारिश गरिएको बुझिएको छ ।निर्वाचन आयोगको रिक्त सदस्यमा पूर्वसचिव वीरबहादुर राईको नियुक्तिको सिफारिश भएको छ ।सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक राखेर निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बैठकमा सहभागी थिए ।