काठमाडौं । बैशाख २६ गते
देशका ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताउनु भएको छ । काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले कोरोना संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भइरहेका बेला ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताउनु भएको छ ।

 

 

अस्पतालमा कोरोनाका बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग सरकारले गर्ने उहाँले बताउनु भएको छ ।राज्मन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको दाबी गर्नु भएको छ । कोरोना महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको उहाँको भनाइ छ ।अहिलेको विशेष परिस्थितिमा स्वास्थ्य क्षेत्रमा अक्सिजन अत्यावश्यक रहेको हुँदा अन्य क्षेत्रमा यसको खपत नगर्न उहाँले उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ ।