काठमाडौं । बैशाख २७ गते
एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालेक कटाक्ष गर्नु भएको छ । आज सामाजिक सन्ञाल मार्फत आफ्नो धारणा राख्दै प्रेस सल्लाहकार थापाले संसदमा विश्वासको मत लिन लागेका ओलीसामु नेपाल समूहले ६ बुँदे सर्त तेर्साएपछि त्यसलाई परचक्री सेवाको संज्ञा दिनु भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि थापा आइसोलेसनमा रहनु भएको छ ।

उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिन कसैका मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी ख्याल गरेको जस्तो देखिएको बताउँदै राजनीति गर्नु राम्रो भएको तर परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित नहुँने धारणा व्यक्त गर्नु भएको छ ।