काठमाडौं । बैशाख २७ गते
प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई नेकपा एमालेको माधव कुमार नेपाल पक्षले दिएको ९ बजेसम्मको समयसीमा सकिएको छ। आइतबार साँझ सिंहदरबारमा बसेको सो पक्षको बैठकले दुई विषय अघि सार्दै आज बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो। बैठकपछि बोल्दै योगेश भट्टराईले बैठकबाट दुई विषय तय गरेको बताउनु भएको थियो ।

योगेश भट्टराईले पहिलो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने र दोस्रो, आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने जानकारी दिनु भएको थियो । प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा आफुहरुको उपस्थिति रहने र हामी विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने भट्टराईको भनाई छ । उहाँले आफूहरुले सम्पूर्ण सांसद्हरुलाई आज बिहान साढे ९ बजे संसद् सचिवालयमा निमन्त्रणा गरिएको जानकारी दिनु भएको थियो । तर यसबीचमा कुनै थप प्रगति भने नभएको नेताहरुको भनाइ छ। आज पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको छ।