काठमाडौं । बैशाख २७ गते
इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रमलाई ३–१ गोलले पराजित गरेको छ। यो नतिजासँगै वेस्ट ब्रम प्रिमियर लिगबाट रेलिगेट भएको छ।आर्सनलको घरेलु मैदान एमिरेट्स’मा भएको खेलमा घरेलु टोलीले अग्रता लिएको थियो। २९औं मिनेटमा एमिल स्मिथको गोलबाट आर्सनलले खाता खोलेको थियो भने खेलको ३५औं मिनेटमा निकोलस पेपेले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए।

दोस्रो हाफको ६७ औं मिनेटमा परेराको गोलबाट पाहुना टोली खेलमा फर्किन खोजे पनि ९०औं मिनेटमा विलियनको गोल मार्फत आर्सनलले खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो । उक्त हारसँगै ३५ खेलमा मात्र २६ अंक जोडेको वेस्ट ब्रमको टोली इंग्लिश प्रिमियर लिगबाट रेलिगेट भएको छ।आर्सनल भने ३५ खेलमा ५२ अंक सहित ९औं स्थानमा रहेको छ।