काठमाडौं । बैशाख २७ गते
नाटकीय परिवर्तन भएन भने आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाउने र आजै राजीनामा आउने राप्रपा अध्यक्ष कमल थापाले बताउनु भएको छ । आज सामाजिक सन्जाल मार्फत आफ्नो धारणा राख्दै अध्यक्ष थापाले आजै राजीनामा आउने बताउनु भएको हो ।

 

उहाँले आजको निर्णर्य जे भए पनि अनेक विवाद र असफलताका बाबजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति प्रधानमन्त्री ओलीको सम्झना भइरहने बताउनु भएको छ ।