काठमाडौं । बैशाख २७ गते
कोरोना संक्रमण बढेपछि अहिले देशमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ। त्यसैले आज नेपाल वायु सेवा निगमको वाइडबडी ३३० जहाज अक्सिजन सिलिन्डर ल्याउन चीन जाने भएको छ। जहाज आज राति साढे ११ बजे काठमाडौंबाट चीनको राजधानी बेइजिङका लागि उड्ने र अक्सिजन सिलिन्डर लिएर मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने समय–तालिका रहेको नेपाल वायु सेवा निगमले जनाएको छ।

चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनुका साथै १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चीनबाट जम्मा २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ। तर पहिलोपटक ४ सय थान मात्र ल्याउन लागिएको हो।