काठमाडौं । बैशाख २७ गते
कोरोनाको वर्तमान संकटबाट बाहिर आउनका लागि सबै मानिसहरुलाई खोप लगाउनु नै एक मात्र दीर्घकालिन समाधान भएको अमेरिकाका प्रमुख स्वास्थ्य विशेषज्ञ डा.एन्थोनी फाउचीले बताउनु भएको छ । फाउचीले भारतमा बढ्दो संक्रमणलाई लक्षित गर्दै यो महामारीसंग जुध्नका लागि घरेलु तथा विश्वस्तरमा कोरोना खोपको उत्पादन बढाउने कुरामा जोड दिनु भएको छ ।

 

 

 

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले एउटा अन्तर्वार्ताको क्रममा यो महामारीलाई पूर्ण रुपमा समाप्त गर्नका लागि मानिसहरुलाई खोप लगाउनु अति नै अनिवार्य भएको बताउनु भउको छ । उहाँले भारत विश्वकै सबैभन्दा ठूलो खोप निर्माता देश भएकाले अहिले भारतलाई उसकै देशभित्र तथा बाहिरबाट पनि संसाधन मिलिरहेको बताउनु भएको छ । फाउचीले यही कारणले गर्दा अरु देशलाई पनि भारतलाई खोप निर्माणका लागि सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।