काठमाडौं । बैशाख २७ गते
नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले खनाल–नेपाल समूहले दिएको अल्टिमेटमको कुनै अर्थ नभएको बताउनु एको छ ।

 

नेता नेम्वाङले माधव पक्षले आफूहरुसँग कुरा गर्दा कुनै शर्त वा अल्टिमेटम पनि नदिएको र यदि दिएको भए पनि त्यसको कुनै अर्थ नहुने बताउनु भएको छ । माधव नेपालको ६ बुँदे सर्तबारे पनि आफुलाई थाहा नभएको नेता नेम्वाङको भनाई छ । नेम्वाङले आफूहरुसँग कुरा गर्दा नेता नेपालले बरु ठोस प्रस्ताव ल्याउन भनेको जानकारी दिनु भएको छ । ।