काठमाडौं । बैशाख २७ गते
प्रतिनिधि सभा बैठक बस्नु अघि पूर्व प्रधानमन्त्री तथा समाजबादी दलका नेता डा.बाबुराम भट्टराईले कडा टिप्पणी गर्नु भएके छ । आज सामाजिक सञ्जल मार्फत आफ्नो धारणा राख्दै उहाँले तटस्थ बस्न चाहने आफ्नै पार्टी समाजबादी दलका सांसद तथा अन्य दलका सांसदहरुप्रति लक्षित यस्तो प्रतिक्रिया दिनु भएको हो ।

उहाँले ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु भएको बताउनु भएको छ ।
दलहरुबीच आन्तरिक टक्कर चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिदै हुनुहुन्छ । उहाँले अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक भएकोले विरोध गर्नै पर्ने जिकिर गर्नु भएको छ ।