काठमाडौं । बैशाख २७ गते
प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्नु भएको छ । प्रतिनिधि सभाको बैठकमा हाँधानमन्त्रीबाहेक अरू सबैले विपक्षमा मतदान गरेर इतिहास कायम गर्न अपिल पनि गर्नु भएको छ । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न समेत गर्नु भएको छ ।

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा आज भएको छलफलमा भाग लिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्रीले संसद भंग गरेको स्मरण गर्नु भयो ।