काठमाडौं । बैशाख २८ गते
आज दिउँसो ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ ।नयाँ सरकार गठनको तयारीका लागि देउवाले आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारीको बैठक बोलाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । हिजो प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल भएर अल्पमतमा परेपछि राष्ट्रपतिले बहुमतको सरकारको लागि आह्वान गर्नुभएको छ ।

बैठकमा नयाँ सरकारको लागि पहल गर्ने र सम्भावित गठबन्धनको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव–वाबुराम भट्टराई पक्षले नयाँ सरकारको तयारी थालेका छन् । जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएपछि नयाँ सरकारको लागि बहुमत पुर्याउन कांग्रेस–माओवादी गठबन्धनलाई समस्या परेको छ ।