काठमाडौं । बैशाख २८ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ ।
सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।