काठमाडौं । बैशाख २८ गते
हाल कोरोना संक्रमणको दोस्रो लहर बिश्वभर तिव्र रुपमा फैलिएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको कारण ३ हजार ८७६ जनाको मृत्यु भएको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सो अवधिमा भारतमा कोरोनाका ३ लाख २९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड २९ लाख ९२ हजार नाघेको छ ।

त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ४९ हजार ९९२ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा भारतको कर्नाटकमा ३९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या ३७ हजारभन्दा बढी छ भने तामिलनाडुमा २८ हजारभन्दा बढी छ । केरालामा पनि २७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।भारतमा अहिलेसम्म मानिसहरुलाई १७ करोड २७ लाख डोजभन्दा बढी कोरोना खोप दिइएको छ ।