×

TUNGOON

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरियो


काठमाडौं । बैशाख २८ गते
हाल कोरोना संक्रमणको दोस्रो लहर बिश्वभर तिव्र रुपमा फैलिएको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा काठमाडौं उपत्यकामा १५ दिन थप भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला