×

TUNGOON

आफ्नै सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने कांग्रेसको निर्णय


काठमाडौं । बैशाख २८ गते
आफ्नै सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्णय गरेको छ ।सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न बहुमतको लागि दलबीच संवाद गर्ने निर्णय गरेको हो ।

‘नयाँ सरकार गठनमा एमालेमा असन्तुष्ट रहेको माधव नेपाल पक्षसँग पनि छलफल गर्ने जानकारी महतले दिए ।एमालेको विवाद नमिलेपछि प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिंदा माधव नेपाल झलनाथ खनाल पक्षका २८ सांसद विश्वासको मत नदिंदा ओली पदमुक्त भएका थिए ।सरकार गठनका लागि १३६ मत चाहिने हुन्छ । तर, कांग्रेसको ६१, माओवादीको ४९, जसपाको असन्तुष्ट पक्षको १७ मत हुँदा अझै १० सांसद बटुल्न सके मात्रै बहुमत जुटाउन सक्छन् ।यस्तोमा की पूरै जसपाको ३२ सिट की माधव नेपाल पक्षले सहयोग गरे वा सांसदबाट राजीनामा दिए मात्रै बहुमतको सरकार गठन हुन सक्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला