काठमाडौं । बैशाख २९ गते
बुधवार बिहान इजरायल र हमासबीचको शत्रुता चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् ।

गाजामा इजरायलले सयौंवटा हवाई आक्रमण गरेको थियो भने हमास तथा अन्य प्यालेस्टाइनी लडाकू समूहले तेल अभिभ र बीरशेबामा अनेकौं रकेट प्रहार गरेका थिए । इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो । सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थिति काबुबाहिर जाने हो कि अन्तर्राष्ट्रिय रूपमा चिन्ता व्यक्त गरिएको छ ।