काठमाडौं । बैशाख २९ गते
राष्ट्रिय सरकार बनाउन जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रस्ताव गर्नु भएको छ ।

 

 

पूर्वप्रधानमन्त्री भट्टराईले एक पटक पनि प्रधानमन्त्री नबनेका व्यक्तिको नेतृत्वमा सरकार बनाउन सुझाव दिनु भएको हो । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले सबै दलको सहभागितामा र वर्तमान तथा पूर्व प्रमबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनान आग्रह गर्नु भएको छ ।