काठमाडौं ।बैशाख २९ गते
आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने एमाले नेता घनश्याम भुसालले बताउनु भएको छ । उहाँले त्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै ओलीविरुद्ध संघर्ष जारी राख्ने बताउनु भयो । एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले ओलीसँग आत्मसमर्पण नगगर्ने र पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्नुपर्ने जिकिर गर्नु भएको छ । त्यस्तै आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता भुसालले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएपनि आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफुहरुलाई राम्ररी थाहा भएको बताउनु भएको छ ।

विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफुहरुलाई राम्ररी थाहा भएको भुसालको भनाइ छ । वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताउनु भएको हो ।