काठमाडौं ।बैशाख २९ गते
महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीनजना सांसदलाई अपहरण गरेको नेकपा एमालेका नेता महेश बस्नेतले आशंका व्यक्त गर्नु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले बाबुराम र उपेन्द्र यादवहरूले महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीनजना सांसदहरूलाई कहाँ लुकाएर राख्नु भएको र के तिनीहरू अपहरणमा परेका होइनन् भन्दै प्रश्न गर्नु भएको छ ।