×

TUNGOON

आज नयाँ सरकार गठनलाई लिएर विभाजित देखिएको जसपाको पदाधिकारी बैठक बस्दै


काठमाडौं ।बैशाख २९ गते
आज नयाँ सरकार गठनलाई लिएर विभाजित देखिएको जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक बस्दै छ । जसपाको पदाधिकारी बैठकमा पछिल्लो समय देखिएको राजनीतिक संकटबारे छलफल हुने र निकास खोजिने बताइएको छ ।जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा विद्यमान स्वास्थ्य एवम् राजनीतिक संकट समाधानका लागि नयाँ सुत्र प्रस्तुत गरेलगत्तै जसपाको पदाधिकारी बैठक बस्न लागेको हो ।

 

डा.भट्टराईले आजै अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गर्ने र त्यसपछि पदाधिकारी बैठक बस्ने जसपा स्रोतले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला