काठमाडौं ।बैशाख २९ गते
आज देशभर कोरोना संक्रमणबाट आज १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४२ सय ५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मंगलबार एकैदिन नेपालमा २ सय २५ जनाको संक्रमणबाट निधन भएको थियो ।पिसीआर परिक्षणबाट ९ हजार २ सय ६८ र ६७ जनाको एन्टिजेन परिक्षण गर्दा आज जम्मा ९ सय ३ जना ५ कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार ९ हजार ३ सय १७ जना थपिएका थिए । त्यस्तै मुलुकमा पछिल्लो समय थप ९ हजार ३०५ जनामा संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो रिपोर्ट पछिल्लो १४ घण्टा भित्रको हो । पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ। यो सबैभन्दा बढि संक्रमित फेला परेको हो । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ ।