काठमाडौं । बैशाख ३० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा राजनैतिक क्षेत्रमा सफलता पाइने छ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनुका साथै स्वादिष्ट भोजनको योग रहेको छ भने साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भन साझेदारी काममा उल्झन आउने तथा स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज पुरानो समस्या सुल्झाउन सकिने योग रहेको छ भने देश र सामाजिक हितमा मन जाने तथा अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नुका साथै भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिनुका साथै सहकर्मीबाट विरोध पनि आउने तथा खर्चसमेत बढ्ने योग छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ भने सहर्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज ठीक समयमा सही निर्णय लिन सकिने योेग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्ने तथा व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनुका साथै प्रेम सम्बन्ध अझै कसिलो हुने योग रहेको छ भने विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने मनमा शान्ति र अनुहारमा कान्ति छाउने तथा साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महत्त्वपूर्ण कामको योजना बन्ने योग रहेको छ भने सामाजिक क्षेत्रबाट सफलता पाइनुका साथै फ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।