काठमाडौं । बैशाख ३० गते
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा नेकपा एमालेका अध्यक्ष एंव काम चलाउ सरकारका पार्टीको स्थायी कमिटी बैठक डाक्नु भएको छ । ओलीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाउनु भएको छ । विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरिरहेको र एमालेमा नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने भनिरहेका बेला ओलीले स्थायी कमिटी बैठकबोलाउनु भएको हो ।

 

यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु भउको थिएन । विश्वासको मत गुमाएपछि उनी स्वत, पदमुक्त हुनु भएको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले दलहरूलाई मिलेर बहुमतको सरकार बनाउन आज साँझ ९ बजेसम्मको समय दिनु भएको थियो ।