काठमाडौं । बैशाख ३० गते
कर्णाली सरकारले कोरोना बिरुद्व लड्ने बेला व्यक्ति व्यवस्थापनमा ध्यान केन्द्रित गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता यामलाल कडेलले दुख व्यक्त गर्नु भएको छ । आज सामाजि स१जाm मार्फत आफ्नो् धारणा राख्दै उहाँले कोरोना महामारीले आक्रान्त अवस्थामा व्यक्तिगत व्यवस्थापनका लागि प्रदेशलाई दिर्घकालीन असर पर्ने गरी संरचना बढाउन लागिएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले ‘दिनहुँ मृतकको संख्या बढिरहेको र यस्तो बेला सरकारको ध्यान कोभिड नियन्त्रणमा हुनुपर्ने बताउँदै व्यक्तिको व्यवस्थापनलाई आधार बनाएर बिना अध्ययन प्रदेशलाई दिर्घकालीन असर पार्ने गरी संरचना बढाउदै प्रदेश सरकार पुनरगठन गर्नु दुःखद कुरा भएको उल्लेख गर्नु भएको छ ।

 

 

उहाँले यस्ता गतिबिधिहरूले समाजमा सकारात्मक प्रभाव नपार्ने भन्दै आक्रोस र निराशा बढाउँने बताउनु भएको छ । आम जनमानसमा मनोबैज्ञानिकरूपमा सकारात्मक प्रभाव नपर्ने देखेर प्रदेश सभाको बैठक स्थगित गरिएको स्मरण गराउँदै उहाँले महामारीको अवस्थामा सामुहिक रुपमा जुट्न आह्वानसमेत गर्नु भएको छ । अहिले जीवनरक्षा नै प्रमुख विषय हो ।भएको र सबैले आआफ्नो स्थानबाट जिम्मेबारीपूर्वक सोच्नु पर्ने उहाँको भनाई छ । सरकार पुनर्गठन नियमित प्रक्रिया हो तर कर्णाली प्रदेशको आवश्यकता र समयअनुसार नभएको उहाँको भनाई छ ।