काठमाडौं । बैशाख ३० गते
प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले एमाले एकताका विषयमा ओली र नेपालबीच वार्ता हुन लागेको जानकारी दिनु भएको छ ।

 

उहाँले केहीबेरमा दुवै नेता छलफलका लागि बस्न लागेको । समय र ठाउँ तय हुन बाँकी रहेको जनाउनु भएको छ । आजै बिहान बसेको एमाले स्थायी समिति बैठकले नेपाललगायत चार नेतामाथिको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो। त्यसलाई नेपाल समूहले सकारात्मक भनेको छ।