काठमाडौं । बैशाख ३० गते
कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई जनता समाजवादी पार्टीले साथ नदिने निर्णय गरेको छ ।बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा अध्यक्ष महन्थ ठाकुरले जसपाले साथ दिन नसक्ने बताएको स्रोतले जानकारी दियो ।

देउवाले मिलेर नयाँ सरकार निर्माण गर्न अध्यक्ष ठाकुरसँग आग्रह गर्नु भएको थियो । ।देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नु भएका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले अर्का अध्यक्ष उपेन्द्र यादव(बाबुराम भट्टराईको निर्णयमा भर नपर्न आग्रह गर्नु भएको हो । उहाँहरुले उपेन्द्र(बाबुरामको निर्णय आधिकारिक नभएको भन्दै प्रथम अध्यक्षका हैसियतले आफ्नो हस्ताक्षर चल्ने बताउनु भएको छ । जसपाको प्रथम अध्यक्षको हैसियतले गआफुसँग भएको उपेन्द्रको भर नपर्न आग्रह गर्नु भएको छ ।