काठमाडौं । बैशाख ३१ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ शुभकार्यको चर्चा पनि चल्ने तथा खानपिन र स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्ने छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कला र गलाको प्रभाव बढ्ने योग रहेको छ भाग्यले विभिन्न अवसर जुराउने तथा विपरीत वर्ग प्रति आकर्षण बढ्नुका साथै सामाजिक कार्य राम्रो हुन्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज गरेका कार्यमा ढिलासुस्ती हुने योग रहेको छ आफूलाई कमजोर भएको अनुभूति हुने तथा प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ लगनशीलताले कामहरू अगाडि बढ्नुका साथै सामाजिक प्रतिष्ठामा अभिवृद्धि पनि हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने तथा साँझपख शुभ समाचार आउन सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने योग रहेको छ राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज दबाब र तनाव बढेको महसुस हुने योग रहेको छ प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्ने तथा मनमा निराशा र शरीरमा आलस्य पनि आउला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ मित्र वा आफन्तको सहयोग मिल्ने तथा प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफन्तको प्रगतिमा मन रमाउने योग रहेको छ विद्या र बुद्धिको विकास हुने तथा व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज पुनर्मिलनको योग रहेको भने प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ भने कूटनीतिक नियोगको सहयोग पनि मिल्ला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने योग रहेको छ महिला वा मित्रबाट विशेष सहयोग पाइनुका साथै ध्ययनमा रुचि बढ्ने योग पनि देखिन्छन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ शत्रुमाथि विजय प्राप्त हुने तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्नुका साथै बन्दव्यापार भने कमजोर नै रहला ।