काठमाडौं । बैशाख ३१ गते
माधव नेपालले सही कदम चालेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले टिप्पणी गर्नु भएको छ । उहाँले नेता नेपाल बल्ल आफूहरुको संगतमा आएको भन्दै खुशी व्यक्त गर्नु भउको छ । आज सामाजिमक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै थापाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता नेपालबीचको हिजोको भेटवार्ताको तस्विरलाई विशेष क्षण भन्दै सेयर गर्नु भएको छ ।

प्रेस सल्लाहकार सूर्य थापाले चन्द्रमा दाहिने भए कसैको केही नलाग्ने बताउनु भएको छ । उहाँले संविधान ,कानुन, जनता र सांसदको साथ अनि विश्वास उत्तिकै रहेको उल्लेख गर्नु भएको छ ।