काठमाडौं । बैशाख ३१ गते
सरकारको चरम लापरवाही, असंवेदनशीलताले संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृतकको संख्या बढेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाउनु भएको छ । इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईद उल फित्रका अवसरमा शुभकामना दिँदै उहाँले महामारीबाट बच्न नागरिक आफैँ पनि सचेत हुन आह्वान गर्नु भएको छ । उहाँले इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउँदै उनले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिनु भएको छ ।

 

उहाँले लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नु भएको छ । उहाँले देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह गर्नु भएको छ ।