काठमाडौं । बैशाख ३१ गते
डा.खिमलाल देवकोटाले राष्ट्रियसभाको वागमतीतर्फको प्रदेशतर्फको रिक्त सदस्यका लागि विपक्षी गठबन्धनबाट उम्मेवारी दिनु भएको थियो । उहाँले आज आफ्नो उम्मेदवारीबारे पुनर्विचार हुन नसक्ने स्पष्ट पार्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले नेकपा एमालेको विवाद समाधानउन्मुख भएपछि राष्ट्रियसभामा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले के गर्लान् रुभन्ने चासो बढेका बेला देवकोटाले आफ्नो उम्मेदवारी कायम रहेको भन्दै मत माग्नु भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो उम्मेदवारीबारे जिज्ञासा राखिनु स्वभाविक भएपनि आफू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलहरूको समर्थनमा उम्मेदवार बनेकोले त्यसबारे पुनर्विचार गर्ने कुरा कल्पनाबाहिरको रहेको बताउनु भएको छ । उहाँलेले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफ्नो चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह समेत गर्नु भएको छ ।