काठमाडौं । बैशाख ३१ गते
अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद शुरु भएको नेकपा (एमाले)का नेता वामदेव गौतमले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिदै उहाँले उक्त संवाद पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने आफ्नो चाहना रहेको बताउनु भएको छ ।

उहाँले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने कामना पनि गर्नु भएको छ । उहाँले ओलीलाई ४३ औं प्रधानमन्त्री नियुक्ति भएकोमा बधाई समेत दिनु भएको छ । ओली बिहीबार नै संसद्को ठूलो दलको संसदीय दलको नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।