×

TUNGOON

कोरोना भाइरसको महामारीसँग जुध्न नेपाललाई आपत्‌कालीन सहयोगको खाँचो रहेको विश्व स्वास्थ्य संगठनको भनाई


काठमाडौं । जेठ १ गते
कोरोना भाइरसको महामारीसँग जुध्न नेपाललाई आपत्‌कालीन सहयोगको खाँचो रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्लूएचओका महानिर्देशक डा .टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो समय नेपालसहितका अन्य केही मुलुकमा पनि संक्रमण र अस्पताल भर्ना दर ह्वात्तै बढेको बताए।महानिर्देशक गेहब्रेयससले नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाईल्याण्ड र इजिप्टमा पनि आपत्‌कालीन सहयोगको खाँचो रहेको बताए। ‘

 

भारतमा मात्रै हैन, नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाईल्याण्ड र इजिप्टमा पनि आपत्‌कालीन सहयोगको खाँचोरहेको महानिर्देशक गेहब्रेयससले बताएका छन् । पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्ट लगायतका स्वास्थ्य सामग्री पठाएको पनि महानिर्देशक गेहब्रेयससको भनाइ छ। कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै उनले पहिलोभन्दा दोस्रो लहर झन् घातक रहेको बताए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला